गत महिना कार्तिक २० गते मुगुको छायाँनाथ रारा नगरपालिका ४ भामवाडामा विद्युतको तार सर्ट भई देवीराज रावलको घर जलेर नष्ट भएको र घर आगलागी हुँदा करिब ९ लाखको क्षति भएको प्रहरीको मुजुल्कामा उल्लेख गरिएको छ । आगलागी बाट क्षति ब्यहोरेका रावल परिवार लाई विभिन्न माद्य्यम बाट विभिन्न सहयोगि संस्था ब्यक्तिले सहयोग गरेका छन । हालै छायांनाथ रारा नगरपालिका १३ थार्प गाउँ निवासी हाल स्पेनमा रारा नामक होटल संचालन गर्दै आउनु भएका अक्कल कोपिला फाउन्डेसनका अध्यक्ष अक्कल बोहोराले आगलागी भएको देविराज रावलको घरको छानो छाउन ६० हजार बराबरका ३५ वटा जस्ता पाता पेलेनसिट सहित सहयोग गर्नु भएको छ ।